आचारसंहिता विपरीत विचार सम्प्रेषण नगर्न/ नगराउन आग्रह
बिहीबार, २८ वैशाख २०७४, १८ : २८
काठमाडौँ, वैशाख २८ – प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचार सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण पत्रकारलाई आग्रह गरेको छ ।
‘पत्रकार र निर्वाचन आचारसंहिताको ख्याल गर्दै आआफ्नो मिडियाबाट स्वतन्त्र भूमिका खेल्न र कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचारहरु सम्प्रेषण नगर्न/नगराउन हुन हामी सम्पूर्ण पत्रकार मित्रहरूमा विनम्र अनुरोध गर्दछौँ’,काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकृत दीपक खनालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
सङ्घीय नेपालको इतिहासमा पहिलो चोटि यही वैशाख ३१ गते ३, ४ र ६ नं. प्रदेशमा हुने स्थानीय तहको निर्वाचनको दिन जति नजिकिँदैछ, त्यति नै पत्रकार तथा निर्वाचन आचारसंहिता विपरीतका घटनाक्रम बढ्दै गएको देखिएको काउन्सिलको भनाइ छ ।
‘कतिपय पत्रकार आफ्नो पेसागत मर्यादा भुलेर सामाजिक सञ्जाल (फेसबुक आदि) मार्फत यो वा त्यो पार्टी तथा पार्टीको उम्मेद्वारको प्रचारमा लागेको, मत मागेको, लाइक वा कमेन्ट वा सेयर गरेको, मिथ्याङ्कपूर्ण सामग्री ‘अपलोड’ गरेको पाइएको छ” विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले आज राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा सम्पूर्ण पत्रकार र आमसञ्चारमाध्यमलाई पत्रकार र निर्वाचन आचारसंहिता पालानामा ध्यान दिन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण