भिक्षु महासङ्घका अध्यक्ष मैत्री श्रीलङ्का प्रस्थान
बिहीबार, २८ वैशाख २०७४, १७ : ३९
काठमाडौँ, वैशाख २८ – श्रीलङ्कामा शुक्रबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय ‘वैशाख डे’ मा सहभागी हुन अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा एक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
श्रीलङ्काली सरकारको निमन्त्रणामा भिक्षु मैत्रीको नेतृत्वमा आनन्दकुटी विहारका प्रमुख भिक्षु धर्ममूर्ति महास्थवीर र चारुमती विहारका प्रमुख भिक्षु तपस्सी धम्म पनि रहनुभएको छ । चौध वर्षदेखि संयुक्त राष्ट्र सङ्घले बुद्धजयन्तीको अवसर पारेर विभिन्न मुलुकमा वैशाख दिवस मनाउँदै आएकामा यस वर्ष श्रीलङ्कामा मनाउन लागिएको छ ।
कोलम्बोस्थित बन्दरानाइके मेमोरियल इन्टरनेसनल कन्फरेन्स हलमा शुक्रबारदेखि आइतबार सम्म हुने उक्त कार्यक्रमको समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । श्रीलङ्का प्रस्थान गर्नु अगाडि भिक्षु तपस्सीले कुराकानी गर्दै सोही अवसरमा श्रीलङ्कामा अध्ययन गरी बसेका नेपाली भिक्षुले लुम्बिनीबारे जानकारी गराउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण