बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

योजना आयोगका सदस्य स्वर्णिम वाग्ले कांग्रेसको प्रचारमा

बिहीबार, २८ वैशाख २०७४, १९ : ४६
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, बैशाख २८ –राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले निर्वाचन आचारसंहिता विपरित कांग्रेसको प्रचारमा हिडेको पाइएको छ । गोरखा जिल्ला गण्डकी गाउँपालिका स्थित फुजेलमा कांग्रेसका झण्डावाल गाडीमा प्रचारका लागि उनी हिडेका हुन् । निर्वाचन आचार संहिता विपरित योजना आयोगका सदस्य वाग्ले दल विशेष राजनीतिक प्रचारमा हिड्नु गलत भएको गण्डकी गाउँपालिका नेकपा (माओवादी केन्द्र¬) का तर्फबाट उम्मेद्वार रहेका दिपक तिमल्सिनाले बताए । ‘हामी यसको घोर भत्र्सना गर्दछौं’ उनले भने । ‘झण्डावाल गाडीमा हिडेर खुलेआम भोट माग्दै हिड्ने, योजना आयोगबाट योजना पारी दिन्छु भन्दै जनतालाई प्रलोभनमा पार्न खोजेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप