राजनीति आर्थिक समृद्धिको मुद्दामा केन्द्रित हुनुपर्ने – नेता सिँह
बिहीबार, २८ वैशाख २०७४, २० : ३४
काठमाडौँ, वैशाख २८ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक परिवर्तनको काम पूरा भएकाले अब आर्थिक समृद्धिको मार्गमा लाग्नुपर्ने बताए।
नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने –‘आर्थिक समृद्धिको मुद्दामा अबको राजनीति केन्द्रित हुनुपर्छ ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले संविधानको स्वीकार्यतालाई विस्तार गरी साझा दस्तावेज बनाउन लागेको बताए ।
तीन तहको निर्वाचन सम्पन्न गरी पूर्णरुपमा संविधान कार्यान्वयन गराउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले भने ।
सांसद अम्बिका बस्नेतले शैलजा आचार्य उपप्रधानमन्त्री भएका बेलामा जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा जनाएको प्रतिबद्धता अनुसार विसं २०५४ को स्थानीय निकाय निर्वाचनमा एक वडाबाट एक महिला प्रतिनिधि निर्वाचित भएको बताए ।
कार्यक्रममा काँग्रेसका तर्फबाट नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारद्वय सन्तोष चालिसे र शान्ति नेपाललगायत वक्ताले शान्ति सुरक्षा, फोहर मैला व्यवस्थापनलगायत नगरको समग्र विकासका लागि पार्टीले उम्मेद्वारी दर्ता गराएको बताए ।
कार्यक्रममा गायकद्वय राजेन्द्र भण्डारी र छिरिङ शेर्पाले साङ्गीतिक प्रस्तुति गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण