बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नहरमा डुवेर बालकको मृत्यु

बिहीबार, २८ वैशाख २०७४, २० : ४८
बिहीबार, २८ वैशाख २०७४
सिरहा, मंसिर २८ – कमला नदीको नहरमा डुवेर एक बालकको ज्यान गएको छ । सिरहा नपा १४ का जिवछ पासवानको ४ वर्षिय छोरा जगन्नाथको घर नजीकै रहेको सिरहा नपा १७ स्थित कमला नहरमा डुवेर ज्यान गएको जिल्ला इलाका प्रहरी कार्यालय माडरले जनाएको छ । साथीहरुसँग खेल्न गएका बेला हराएका जगन्नाथ वेलुका अवेरमात्र नहरमा तैरियको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । डुवेर ज्यान गएको खवर प्रहरीलाई गरेपनि गाउँलेले राती नै जलाइरहेको बेला प्रहरीले बालकको शव बरामद गरेको जनाएको छ । डढेको अवस्थाको शव जिल्ला अस्पतादको शव गृहमा रादेको प्रहरीले जनाएको छ । प्रहरीले बालकको वुवा जिवछको खोजी गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप