कलासंस्कृतिको जगेर्ना र जातीय सद्भाव बढाउन सडक खाना महोत्सव
बिहीबार, २८ वैशाख २०७४, २० : ५२
सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), बैशाख २८– ‘आपसी मेलमिलाप राखौं, सद्भाव बढाऔं, कलासंस्कृतिको संरक्षण गरौं, सडकमा खाऔं, सडकमै रमाऔं’ मुख्य उद्देश्य राखी कपिलवस्तुको चन्द्रौटामा दोस्रो पटक सडक खाना महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रम हुन लागेको छ ।
यही जेठ १ गते हुन लागेको सडक खाना महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रमको तयारी यतिबेला तीब्र पारिएको आयोजकले जनाएको छ ।
कार्यक्रम चन्द्रौटास्थित पञ्चकन्या कम्प्लेक्स प्राङ्गणमा साँझ ३ बजेदेखि राति १२ बजेसम्म चल्नेछ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
कलासंस्कृतिको संरक्षणमा विगत लामो समयदेखि जुटेको छमछमी कलाकेन्द्र चन्द्रौटाले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
जिल्लाको पश्चिमी क्षेत्रका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसार, विकास र प्रवर्धन तथा जातीय पहिचानसहित स्वस्थकर, सफा, ताजा र गुणस्तरयुक्त स्थानीय परिकारमा विशेष जोड दिंदै महोत्सव गर्न लागिएको छमछमीका व्यवस्थापक सुमन पौडेलले जानकारी दिनुभयो ।
लोप हुन लागेका विभिन्न जातजातिका खानाका परिकार, भेषभुषा, कलासंस्कृतिको जगेर्नामा महोत्सवले ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ ।
साथै दर्शकलाई भरपूर मनोरञ्जनका लागि ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको समेत व्यवस्था गरिएको व्यवस्थापक पौडेलले बताउनुभयो ।
कार्यक्रममा आधुनिक तथा पप गायक कमल खत्री, चर्चित थारु गायक श्रीनिवास चौधरी, आधुनिक गायक दिपक भण्डारी, लोकदोहरी गायक गायक सन्दीप न्यौपाने, लोक गायक विधान कार्की, लोकगायिका शुशिला विश्वकर्मा, लक्ष्मी रेग्मी, पप गायक किरण खडका, रोयला गायक शिव खनाल लगायतका ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ । साथै नायक तथा मोडल श्रीजन पोखरेल, नेपाल चलचित्रका नायक एवं भोजपुरी गायककुमार मिश्रको समेत प्रस्तुति रहने बताइएको छ ।
सडक खाना महोत्सवलाई भव्य, सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति समेत निर्माण गरिएको छ । यस्तै शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण