बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

धुलीखेलमा वडा सदस्यको मृत्युपछि निर्वाचनको नयाँ मिति तोकीयो

बिहीबार, २८ वैशाख २०७४, २१ : ०५
बिहीबार, २८ वैशाख २०७४
काभ्रे, वैशाख २८ – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ का निर्वाचन आगामी जेठ ३ गतेका लागि तोकिएको छ । आज धुलिखेल नगरपालिका– १२ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङको मृत्यु भएपछि निर्वाचन आयोगको निर्देशानुसार सो मिति तोकिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिए । सो वडाको निर्वाचन सम्पन्न भएपछि मात्रै धुलिखेल नगरपालिकाको मतगणना हुन्छ उनले भने । काभ्रेपलाञ्चोकका जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले सो वडामा सदस्य पदका लागि मात्रै भोलि नै मनोनयन निश्चत भएको जानकारी दिए । सो वडामा तीन मतदान केन्द्र छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप