दलाई लामा र अमेरिकी सांसदबीच भेट : चीनको आपत्ति
शुक्रबार, २९ वैशाख २०७४, ०७ : ३०
बेइजिङ - चीनले अमेरिकी सांसदको प्रतिनिधिमण्डलले आध्यात्मिक गुरु दलाई लामालाई भेटेकोमा आपत्ति प्रकट गरेको छ । भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामालाई भेटेको थियो । अमेरिकाले संसारलाई गलत सन्देश दिन खोजिरहेको चीनले दाबी गरेको छ ।
एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको अमेरिकाले यस्ता गतिविधि गरेर गलत काम गरेको चिनियाँ भनाइ छ । स्वतन्त्र तिब्बतलाई समर्थन नदिने वचन दिएको अमेरिकाले दलाई लामासँग भेटेर गल्ती गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बताए । उनले सञ्चारकर्मीसँग भने, ‘१४औं दलाई लामा राजनीतिक रूपमा निर्वासित छन् ।
उनले धर्मको आडमा चीनविरोधी गतिविधिमा लामो समयदेखि संलग्न छन् ।' अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीकी नेता नान्सी पेलोसीको नेतृत्वमा कंग्रेसका द्विसदस्यस्य प्रतिनिधिमण्डलले हिमाचल प्रदेशस्थित धर्मशालामा आध्यात्मिक गुरु ८१ वर्षीय लामालाई भेटेका थिए । सुआङले भने, ‘दलाई लामा स्वतन्त्र तिब्बत चाहने समूहका प्रमुख नेता पनि हुन् ।' उनले डोनल्ड ट्रम्प राष्ट्रपति भएलगत्तै भएका यस्ता कदमले अमेरिकी नीतिमा परिवर्तन भएको हो भन्ने प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण