प्रहरी हिरासतको शौचालयमा युवकले गरे आत्महत्या
शुक्रबार, २९ वैशाख २०७४, ०८ : २१
प्यूठान, २९ बैशाख - प्यूठानको भिंगृमा रहेको इलाका प्रहरी कार्यालयमा एक युवाले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । स्वर्गद्धारी नगरपालिका वडा नं. ५ उपल्लो सारीका भुपेन्द्र गिरीले ओड्ने–ओछ्याउने कपडाको पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई कुटपिट गरेको भन्दै उजुरी परेपछि बिहिवार २९ वर्षिय गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
हिरासतसँगै रहेको शौचालयमा उनले मध्यराति करिव २ बजे आत्महत्या गरेको प्यूठान प्रहरीका प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
शौचालय गर्न गएका उनी केहि समय ढिलो गरेपछि हेर्दा झुण्डिएको अवस्थामा फेला परेका थिए । शौचालयको सिलिंगमा रहेको फलामको डण्डीमा कम्मल र तन्नाको डोरी बनाइ झुण्डिएको अवस्थामा गिरी फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खलंगाबाट प्रहरी नायव उपरिक्षक राठौर विहानै भिंगृ पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण