बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

करेन्ट लागेर राईको मृत्यु

शुक्रबार, २९ वैशाख २०७४, ०८ : ४५
शुक्रबार, २९ वैशाख २०७४
धनकुटा, २९ वैशाख - धनकुटा नगरपालिका–१० मूलघाटमा बिजुलीको करेन्ट लागेर स्थानीयवासी ज्ञानबहादुर राईको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे नेपाल विद्युत् प्राधिकरणको टोलीसँग विद्युत् पोल फेर्न सहयोगीका रुपमा काम गर्न गएका साँगुरीगढी गाउँपालिका–१ का ५६ वर्षीय ज्ञानबहादुर राईको मृत्यु भएको हो । जीर्ण भएको पोल फेर्ने क्रममा प्राविधिक ज्ञान नभएका राईलाई पोलको आड लगाउँदा जमिनमा गाडिएको तारमा विद्युत् प्रवाह भएर करेन्ट लागेको हुनसक्ने प्राविधिकहरुको भनाइ छ । कोसी पहाडका लागि ३३ केभी प्रसारण लाइनबाट छुट्याइएको तारमा करेन्ट लागेका राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक राईको धनकुटा अस्पतालमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप