पाँच वर्षीया बालिकाको करेन्ट लागेर मृत्यु
शुक्रबार, २९ वैशाख २०७४, ०९ : २१
सुरुङ्गा, झापा - करेन्ट लागेर झापाको कमल गाउँपालिकामा बिहीबार एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी पाँच वर्षीया बालिका जिया बाँस्कोटा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बालिकालाई दिउँसो ४ः३० बजे करेन्ट लागेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
घरमा कोही नभएको समयमा बालिकालाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर घाइते बनेकी उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालिकाको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण