बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कार्यकर्ता छोड्न नेकपा माओवादीको चेतावनी

शुक्रबार, २९ वैशाख २०७४, ०६ : ३६
शुक्रबार, २९ वैशाख २०७४

चितवन, बैशाख २९– नेपाल कम्युनिस्ट पार्टीका चितनव इन्चार्ज लालबहादुर बिसीले विना कारण आफ्ना नेता–कार्यकर्ताको गिरफ्तारी र घर परिवारलाई डर धम्की दिने कार्य नरोकिए प्रतिरोध गर्ने बताएका छन् । इन्चार्ज बिसीले शुक्रबार एक विज्ञप्ति जारी गरेर जिल्ला समिति सदस्यहरु, रघु, लोकराज पाण्डे, विराट, जयबहादुर कुँवर, पुरन राई, विष्णु कोइराला, टिका न्यौपनो, मीनप्रसाद पोखरेल, रोशनसहित २२ जना नेता–कार्यकर्तालाई घरबाटै गिरफ्तार गरेको बताएका छन् ।

त्यसैगरी शिक्षक कृष्ण परियार, नाबालक बच्चासहित महिला नेतृ सिसम शाही, मीत्र केसी, तिलकुमार श्रेष्ठ र राजु भुसाललाई दैनिक तारेखमा राखेको भन्दै विरोध गरेका छन् । आफ्ना नेता–कार्यकर्तासँग हतियार नभएको भन्दै इन्चार्ज बिसीले प्रहरीले आफ्नो हतियार भिराएर झुट्टा मुद्दामा लगाइरहेको बताए ।

‘प्रहरीले आफ्नो हतियार नेता–कार्यकर्ता र समर्थकसँग भिराएर फसाउने षड्यन्त्र गरिरहेको छ । हाम्रो कुनै नेता–कार्यकर्तासँग हतियार नभएको कुरा सबैमा अवगत गराउँदछौँ । गिरफ्तार कमरेडहरुको रिहाई र झुट्टा मुद्धा खारेज गर्न माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

बिसीले स्थानीय तहको चुनाव जनयुद्ध र जनआन्दोलनको भावना विपरित भएका कारण आफ्नो पार्टीले खारेज गरेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप