स्थानीय निर्वाचन : ४ महानगरपालिका, ‘जहाँ धेरैको चासो छ’
शुक्रबार, २९ वैशाख २०७४, १४ : ०८
काठमाडौं– पहिलो चरणमा बैशाख ३१ गते मुलुकका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । यो स्थानीय तह निर्वाचनमा पहिलो चरणमै मुलुका ठुला शहर त्यसमाथि राजधानीसमेत पर्ने भएकाले पनि चार महानगरपालिकाको निर्वाचनलाई धेरैले महत्वका साथ हेरेका छन् । यी महानगरपालिकामा चुनाव जित्न दलहरुले प्रतिष्ठाको विषय समेत बनाएकाले पनि यहाँको चुनावी परिणामप्रति धेरैको चासोको विषय बनेको छ । धेरै मतदता रहेका यी महानगरपालिकामा उम्मेदवार पनि धेरै छन् ।
१ .काठमाडौ महानगरपालिका
मतदाता –२ लाख ७९ हजार ३०६ जना
मेयरका उम्मेदवार –२८ जना
मतदानकेन्द्र –३४० वटा
निर्वाचन आयोगको तथ्यांक अनुसार चार महानगरपालिकामध्ये पुरानो र धेरै मतदाता भएको काठमाडौ महानगरपालिका हो । यो महानगरपालिकामा यसपटकको स्थानीय निर्वाचनमा २ लाख ७९ हजार ३०६ जना मतदाताले मतदान गर्दैछन् । ३२ वडा कायम भएको काठमाडौंमा ३४० वटा मतदान केन्द्र छन् । काठमाडौ महानगरपालिकाभित्रका १ सय ६२ पदका लागि ८ सय ६७ जना उम्मेदवार बनेका छन् ।
२. पोखरा लेखनाथ महानगरपालिका
मतदाता –१ लाख ६८ हजार ६७ जना
मेयरका उम्मेदवार –१४ जना
मतदान केन्द्र –२१० वटा
१ लाख ६८ हजार ६७ मतदाता रहेका छन् जुन काठमाडौको तुलनामा झण्डै एकलाख दश हजार कमी हो । यसवर्षको निर्वाचनमा दोस्रो धेरै मतदाता हुनेमा पोखरालेखनाथ महानगरपालिका पर्छ । ३३ वडा रहेको पोखरामा ९८ वटा मतदानस्थलमा २१० मतदान केन्द्र तय गरिएको छ । पोखराको मेयरमा लागि १६ जना प्रत्यासी देखिएका छन् भने १६७ पदका लागि ८३८ जनाको उम्मेदवारी परेको छ । यसअघि पोखरा उपमहानगरपालिका रहेकोमा पोखरा यसैपटकबाट पोखरालेखनाथ महानगरपलिका बनेको हो ।
३. भरतपुर महानगरपालिका
मतदाता –१ लाख ५० हजार २७४ जना
मेयरका उम्मेदवार –१४ जना
मतदानकेन्द्र – १७९ वटा
मतदाताको हिसावले चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा पर्छ । जहाँ १ लाख ५० हजार २७४ मतदाता छन् । यो संख्या पोखरा लेखनाथको भन्दा झण्डै १५ हजारले मात्र कमि हो । २९ वडा र ६५ मतदानस्थल अन्तर्गत १७९ वटा मतदान केन्द्र तोकिएको भरतपुरमा मेयरका लागि मात्रै १४ जनाको उम्मेदवारी परेको छ । भरतपुरमा सवै पद १४७ का लागि ७०० जनाको उम्मेदवारी परेको छ ।
४.ललितपुर महानगरपालिका
मतदाता –१ लाख १२ हजार ९२३ जना
मेयरका उम्मेदवार –१३ जना
मतदानकेन्द्र –१३२ वटा
मतदाताको हिसावमा चौथो नम्बरमा परेको छ, ललतिपुर महानगरपालिका । यो महानगरपालिका पनि यसपटक मात्र कायम भएको हो । जुन राजधानी उपत्यकामै पर्छ । ललितपुर महानगरमा १ लाख १२ हजार ९२३ मतदाता छन् । २९ वडा रहेको ललितपुर महानगरमा १३२ मतदान केन्द्र तोकिएका छन् भने भरतपुरमा भन्दा यहा झण्डै ३८ कम मतदाता कायम भएका छन् । जसमा १३ जनाले मेयरका लागिमात्रै प्रतिश्पर्धा गर्दै छन् भने १४७ पदका लागि ६१९ जनाको उम्मेदवार प्रतिश्पर्धा गरिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण