एलइडी बल्ब खरिदमा भारतीय उर्जामन्त्रीले भने –‘नेपालले २३ सय करोड भारु वचत गर्छ’
किरण ढकाल
काठमाडौं, वैशाख २९–भारतीय उर्जा मन्त्री पियुष गोयलले भारतबाट नेपालले खरिद गर्न लागेको एलइडी बल्ब खरिदमा २३ सय करोड रुपैयाँ भारु बचत हुने बताएका छन् ।
एक समाचार सेयर गर्दै मन्त्री गोयलले नेपालले खरिद गर्न लागेको एलइडी ६५ रुपैयाँ भारुमा भारत सरकारले खरिद गरेको र सोही मुल्यमा नेपाललाई उपलब्ध गराउन लागेको पनि प्रष्ट्याएका छन् ।
नेपाल विद्युत प्राधिकरणले भारत सरकारले सञ्चालन गरिरहेको इनर्जी इफिसियन्सि सर्भिस लिमिटेड (इइएसएल) मार्फत ती बल्ब खरिद गर्न लागेको छ । तर, त्यो बल्वको मुल्य त्यती नपर्ने र बल्व खरिदमा ठूलो अनियमितता भइरहेको भन्ने समाचार प्रकाशित भइरहँदा भारतका उर्जा मन्त्री गोयलले नै सो बल्वको मुल्य र नेपालले त्यसको खरिदमा गर्ने बचतको बारेमा प्रष्ट्याएका हुन् । उर्जा मन्त्री र प्राधिकरणका प्रवन्ध निर्देशकले बल्ब खरिदमा ठूलो चलखेल गरेको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेका छन् । यस्तो अवस्थामा बल्ब निर्यातकर्ता मुलुकका सम्बन्धित मन्त्रीको भनाइले ठूलो अर्थ राखेको छ ।
मन्त्री गोयलले आफ्नो ट्वीटमा त्यहाँको एक सञ्चार माध्यमले लेखेको बल्ब खरिदको डिल सम्वन्धी समाचार सेयर गरेका हुन् । उनले सेयर गरेको सो समाचारमा भारत सरकारले सञ्चालन गरिरहेको इनर्जी इफिसियन्सि सर्भिस लिमिटेड (इइएसएल) ले नेपालको उर्जा बचतका लागि २ करोड वटा एलइडी बल्ब विक्रि गर्न लागेको उल्लेख छ । सो समाचारमा उल्लेख भए अनुसार त्यो बल्ब भारतीय उपभोक्तलाई पनि भारु ६५ रुपैयाँमा नै उपलब्ध गराएको र सोही मुल्यमा नेपाललाई दिन लागेको हो ।
Bringing UJALA to the Neighbourhood: Govt. to supply 2 crores LED bulbs to Nepal, helping the nation save ₹2,300 crores. pic.twitter.com/a5nSsNLGDw
— Piyush Goyal (@PiyushGoyal) May 9, 2017
भारतीय उर्जा मन्त्री गोयलले ट्वीटमा सेयर गरेको सो समाचार अनुसार भारतले आफ्नो उज्याला कार्यक्रम सञ्चालन गरिरहेको र उसले त्यो कार्यक्रम अन्र्तगत आफ्ना उपभोक्तलाई दिदै आएको मुल्यमा नै नेपालमा पनि बल्ब उपलब्ध गराउने जनाइएको छ । भारतले बल्ब उत्पादक कम्पनीवाट बल्कमा एलइडी बल्ब खरिद गर्ने गरेको र विभिन्न चरणमा फरक मुल्यमा खरिद गरेको पनि उल्लेख छ ।
सो समाचारमा नेपाललाई बल्ब वितरणको पूर्वाधार निमार्ण तथा बल्ब वितरणको अनलाइन मोनटरिङ पोर्टल पनि यहि मूल्यमा निःशुल्क उपलव्ध गराउने जनायएको छ । नेपालले बल्ब खरिद गर्न लागेको इइएसएलले नेपाललाई हेटौडा सम्म सोही मुल्यमा बल्ब उपलव्ध गराउने जनाएको छ । ढुवानी खर्च र तीन वर्षको वारेन्टी समेत उक्त बल्वमा दिइने जनाइएको छ । निर्यातकर्ता कम्पनीले पनि सो बल्ब प्रयोगमा आएपछि भारतले २ बर्षमा ६० हजार मेगावाट विजुली बचत गरेको जनाएको छ । सो कम्पनीले नेदरल्याण्डको फिलिप्स र जर्मनको ओस्राम कम्पनीले उत्पादन गरेका बल्ब खरिद गर्ने गरेको जनाएको छ । नेपालले पनि सोही कम्पनीका बल्ब खरिद गर्न लागेको हो । यो बल्व भारतीय वजारमा पनि ९५ रुपैयाँ भारु पर्ने गरेको र ६० प्रतिशत छुट दिइएको जनाइएको छ ।
२ सय मेगावाट बचत
प्राधिकरणमार्फत विक्रि हुने यस्ता बल्बको तीन वर्षसम्म वारेण्टी रहने र यसले २ सय मेगावाट विजुली वचत गराउने प्राधिकरणलनै जनाएको छ । अहिले प्रयोग भइरहेका वल्ब भन्दा वढी गुणस्तरिय हुने, बिग्रिएमा प्रतिस्थापनको ग्यारेन्टी हुने, सहुलियत मुल्यमा र किस्ताबन्दीमा बल्बको भुक्तानी गर्न पाउने जनाइएको छ । सार्वजनिक खरिद कानुनमै भएको व्यवस्था अनुसार लिड बल्ब खरिदको प्रक्रिया अगाडी बढाएको प्राधिकरणले प्रष्ट्याएको छ । यस्तो छ खरिद प्रक्रिया
‘विद्युत लोड व्यवस्थापनका लागि नेपाल र भारतका उर्जा सचिवस्तरीय सन्यन्त्रले विभिन्न मितिमा गरेका निर्णयअनुसार दुई मुलुकबीचका सरकारी तहबाटै (जिटुजी) लिड बल्ब खरिद बिक्री प्रक्रिया अघि बढाइएको हो,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ४१ (घ२)मा ‘अन्तराष्ट्रिय अन्तरसरकारी संस्थास“ग सो संस्थाले तोकेको दररेटमा माल सामान वा सेवा खरिद गर्नु परेमा सोझै खरिद गर्न सकिने’ व्यवस्था छ ।’ २७ र २८ जुन २०१६ मा नया“दिल्लीमा सम्पन्न नेपाल भारत सरकारका ऊर्जा सचिव स्तरीय संयुक्त मिटिङको तेस्रो बैठक तथा १३ र १४ फेबु्रअरी २०१७ मा काठमाडौंमा सम्पन्न चौथो बैठकका निर्णय कार्यान्वयनका लागि विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको इइएसएलबीच लिड बल्ब खरिदका लागि २०७३ चैत ११ गते सम्झौता भएको प्राधिकरणले जनाएको छ ।
लिड बिक्रि गर्ने इइएसएलको प्रस्ताव भारतीय ऊर्जा मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय र ऊर्जा मन्त्रालय हु“दै नेपाल विद्युत प्राधिकरण समक्ष आएको पनि प्राधिकरणले प्रष्ट्याएको छ । यो प्रक्रिया सिधै प्राधिकरणमा आएको नभएर मन्त्रिपरिषद्ले स्विकृति दिएपछि मात्रै लिड बल्ब खरिद प्रक्रिया अगाडी बढाउने सम्झौता भएअनुसार स्विकृतिका लागि मन्त्रिपरिषद्मा लगिएको जनाइएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को वैठकले भारत सरकारको स्वामित्वमा रहेको कम्पनीस“ग ९ बाटका दुई करोड लिड बल्ब खरिद प्रक्रिया अघि बढाउन प्राधिकरणलाई सैद्धान्तिक सहमति दिइसकेको र सोही प्रक्रिया अनुसार खरिद हुन लागेको हो ।
बल्बको मूल्य भारतीय कम्पनी इइएसएलले ९ वाटको बल्ब प्रतिबल्ब ६५ भारतीय रुपैया“ (१०४ नेपाली रुपैया“)मा नेपाली सीमामा उपलब्ध गराउने प्राधिकरणले जनाएको छ । हेटौडासम्मको ढुवानीको जिम्मा सोही कक्म्पनीले वेहोर्ने, खरिद मुल्यमा नेपालमा कानुन अनुसार लाग्ने भन्सार महसुल, मुल्य अभिबृद्धि कर र प्राधिकरणको सेवा शुल्क जोडेर ग्राहकलाई बिक्री गरिने प्राधिकरणले जनाएको छ ।
भारत सरकारले उपभोक्ताका लागि तोकेको मुल्य ६५ भारुमै लिड बल्ब प्राधिकणलाई बिक्रि गर्न लागेको प्राधिकरणले पनि प्रष्ट्याएको छ । यी कम्पनीका लिड बल्ब भारतीय बजारमा खुला रुपमा किन्दा प्रतिबल्बको मुल्य १५०देखि २ सय भारु (२ सय ४० देखि ३ सय २० नेपाली रुपैया“) सम्म पर्ने गरेको प्राधिकरणले जनाएको छ । बल्वको पावर फ्याक्टर ०.९ भन्दा बढी रहने र उर्जा दक्षता सत प्रतिशत हुने भएकाले यी बल्ब नेपाली बजारमा अहिले खरिद बिक्री भइरहेकोभन्दा गुणस्तरीय र क्षमतावान रहेको प्राधिकरणको भनाइ छ ।
यसरी भयो बल्बको दररेट
इइएसएलले रेटको प्रस्ताव भारतीय ऊर्जा मन्त्रालय, विदेश मन्त्रालय, नेपाल स्थिति भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय र ऊर्जा मन्त्रालय हु“दै प्राधिकरण समक्ष पठाएको हो । भारतीय सरकारले तोकको मुल्यमा बल्ब दिने प्रस्ताव यति धेरै निकायहु“दै आएकाले कसरी अनियमित भएको भन्दै प्राधिकरणले जवाफ समेत माग गरको छ । कमिसनको खेल भएकै भए यो विषयमा भारतीय अनुसन्धान निकाय कसरी मौन बस्न सक्लान् ? भन्दै प्राधिकरणले श्रीलंकालाई यही दररेटमा बल्ब उपलब्ध गराउने प्रस्ताव पठाएको पनि जनाएको छ ।
इइएसएलले टेण्डर आहवान गर्दा ३८ भारुमा यस्ता लिड बल्बप्राप्त गरेको भन्ने कुरामा सो कम्पनीले भारतमा लाग्ने कर बाहेक प्रतिबल्ब ३८ देखि ५५ भारुसम्ममा अरु कम्पनीबाट किन्ने गरेको देखिएको जनाएको छ । त्यसमा उसले कानुनतःतिर्नुपर्ने कर (भ्याट, केन्द्रीय सेल्स् ट्याक्स) पनि जोडिनुलाई अस्वभाविक मान्न सकिने अवस्था नरहेको पधिकरणले जनाएको छ । कम्पनीको लगानीको व्याज, टुट्फुट खर्च, प्रशासकीयखर्च, भण्डारण खर्च, ढुवानी खर्च, तीन वर्षसम्म वारेन्टी वापत प्रतिस्थापन खर्च पनि वल्व मुल्यमा जोड्नु पर्ने प्राधिकरणले जनाएको छ ।
यस्ता छन् इइएसएलका प्रतिबद्धता बल्ब हेटौडास्थित प्राधिकरणको केन्द्रीय भण्डारमा उपलब्ध गराउने, कार्यक्रम सञ्चालन गर्न प्राविधिक सहयोग गर्ने, आपूर्ति गरेको बल्बको वारेण्टी ३ वर्षको हुने, वारेण्टीबावत कुल मूल्यको २.५ प्रतिशत बराबरकोे बैक ग्यारेण्टी वारेण्टी अवधिसम्मका लागि प्राधिकरणलाई उपलब्ध गराउने ।
व्यापारीलाई प्राधिकरणले यसो भन्यो विद्युत प्राधिकरणले इइएसएलको दर नेरु १ सय ४ मा भ्याट, भन्सार र करिव १० प्रतिशत हेण्डेलिङ चार्ज लिएर १ सय ३५ देखि १ सय ४० रुपैयाँमा ग्राहकलाई वेच्ने प्रस्ताव गरेको छ । कुनै लेड व्यापारीले यदि फिलिप्स् वा ओस्राम वा सो सरहका ब्राण्डेट लेड वल्व १ सय ५० रुपैयामा ग्राहकलाई दिन्छ भने प्राधिकरणले २ सय वटा आफ्ना काउन्टरमा बुथ राखेर बल्ब वेच्न आव्हान समेत गरेको छ । यसका लागि चाहिने लजिस्टिक सपोर्ट प्राधिकरण आफैले गरि दिने जनाएको छ । ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण