बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एउटै याममा दुई लाख आम्दानी

शुक्रबार, २९ वैशाख २०७४, १५ : १५
शुक्रबार, २९ वैशाख २०७४

रामपुर (पाल्पा), २९ वैशाख । रामपुर नगरपालिका–६ विजयपुरकी अगुवा कृषक निर्मला पोखरेल गोलभेँडा बिक्रीबाट एउटै याममा रु दुई लाख बराबरको आम्दानी गरेका छन् । एक रोपनी जग्गामा लगाएको गोलभेँडाबाट उहाँले सो आम्दानी गर्न सफल भएका हुन् ।

उहाँले अमिता र सिर्जना जातको गोलभेँडा लगाउनुभएको छ । विगत तीन वर्षयता पोखरेलले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आउनुभएको छ । उनी भन्छन्  “थोरै जग्गामा सोचेभन्दा पनि तेब्बर उत्पादन भयो” – “बजारमा पनि गोलभेँडाको बिक्री मूल्य राम्रै पाइयो, व्यवसायबाट एकदमै सन्तुष्ट छु ।” गोलभेँडाखेतीसँगै उहाँले काँक्रा, घिरौला, लौका, करेला, सिमी जातका तरकारी दुई रोपनी जग्गामा लगाएका छन् ।

अहिले उहाँले गोलभेँडा प्रतिकिलो रु ४०, घिरौला रु ७०, काँक्रा रु ४० र करेला रु ८० मा घरबाटै बिक्री गरिरहनुभएको छ । उत्पादन बढेपछि उहाँले एक रोपनीबाट विस्तार गरेर तीन रोपनीमा गोलभेँडाखेती विस्तार गर्ने सोच बनाउनुभएको छ । “व्यवसाय नगर्दासम्म घरखर्च र बालबच्चाको पढाइ खर्च चलाउन धौधौ थियो, तरकारी खेती सुरु गरेपछि सबै सहज भएको छ,” उनले भने । घरखर्च, दुई छोराको पढाइ खर्चबाट बाँकी रहेको रकम उहाँले सहकारीमा बचत गर्दै आएका छन् ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप