निर्वाचन अनुगमन गोप्य रुपमा भैरहेको छ : सचिव मैनाली
शुक्रबार, २९ वैशाख २०७४, १५ : ५४
काठमाडौ, बैशाख २९ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अनुगमनका लागि गोप्य रुपमा आफ्नै संयन्त्र परिचालन गरेको जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उंलघन भए÷नभएको अनुगमन गर्नका लागि परिचय नखुल्ने गरि नेपाल सरकारका वरिष्ठ अधिकृतलाई परिचालन गरेको जनाएको छ ।
शुक्रबार काठमाडौमा आयोजित साक्षात्कारमा आयोगका सचिव गोपीनाथ मैनालीले विभिन्न प्रकारका सुत्र परिचालन गरी आयोगले स्वयम निर्वाचन अनुगमन गरिरहेको बताएका हुन् ।
उनले २ सय ८३ स्थानमै एकएक जना पहिचान नखुल्ने ढंगले वरिष्ठ तहका सरकारी कर्मचारी खटाईएको र उनीहरुले गोप्य रुपमा रिपोटिङ गर्ने बताए ।
सचिव मैनालीले निर्वाचन आयोगले मतदाता शिक्षामा ठुलो लगानी गरेको भन्दै अत्यन्तै न्युन प्रतिशतमा मत बदर हुने दाबी समेत गरे ।स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नम्बर ३ , ४ र ६ मा बैशाख ३१ गते मतदान हुदै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण