बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मतदातालाई नेपाल प्रवेश गर्न आज साँझसम्म छुट

शुक्रबार, २९ वैशाख २०७४, १६ : ०८
शुक्रबार, २९ वैशाख २०७४

परासी, बैशाख २९– नवलपरासीको महेसपुर र त्रिवेणी नाका शनिबारबाटमात्रै बन्द गरिने भएको छ । भारतमा रहेको नेपाली मतादाताहरुलाई जिल्ला प्रशासन कार्यालयले आज साँझसम्ममा नेपाल प्रवेश गरिसक्न सिमामा छुट दिएको छ । भारतका विभिन्न ठाउँमा कामको सिलसिमामा अधिकांश नेपाली मतदाताहरु गएकाले उनीहरुलाई आज साँझसम्म नेपाल फर्कन प्रशासनले समय दिएको हो । नेपालको विभिन्न जिल्लाका भोटरहरु कामकाजको सिल्सिमा भारत रहेको हुँदा नेपाल फर्कन ढिलो भएका मतदाताहरुलाई आजपनि नेपाल भित्रिन दिने सयम दिएको अन्यथा भोलीदेखि भित्रिन नपाउने प्रशासनले जनाएको छ । यस्तै प्रहरीले महेसपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी नाकामा निगरानी कडा बनाउनुका साथै प्रशासनले भोली विहानदेखि ४८ घण्टासम्मलाई बोर्डर सिज गर्ने जनाएको छ । त्यस्तै शनिवारदेखि बोर्डर सिज हुने खबरले नेपाली उपभोक्ताहरु भारतीय बजारमा किममेल गर्न व्यस्त छन् । बोर्डर सिज गर्ने विषयमा विहिवार प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरु सहितको टोली भारतको विहार स्थित बेतियामा भारतीय उच्च अधिकारी, डिएम, एसपीहरुसंग बैठक बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप