बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्यूठानमा युवकले गरे हिरासतभित्रै आत्महत्या

शुक्रबार, २९ वैशाख २०७४, ०५ : ४५
शुक्रबार, २९ वैशाख २०७४

राधिका भुसाल, प्युठान बैशाख २९– स्वर्गद्धारी नगरपालिका ५ सारी निवासी भुपेन्द्र गिरीले गएराति हिरासतमै आत्माहत्या गरेका छन् । उनलाई कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला परेको हो । गिरीलाई श्रीमान श्रीमति बीच सामान्य झगडापछि छलफलका लागि बिहिबार इलाका प्रहरी कार्यालय भिंग्री ल्याइएको थियो । तर, छलफल भने आज शुक्रबार बिहान गर्ने भनि २९ वर्षिय गिरीलाई प्रहरी हिरासतमै राखिएको आफन्तजनको भनाइ छ । उनलाई राति करिब १ः३० बजे ट्वाइलेटमा झुन्डिएको अवस्थामा प्रहरी फेला पारेको इलाका प्रहरी कार्यालय भिंग्रीले जनाएको छ । तर, परिवार पक्षले भने आत्माहत्या गरेको अस्वीकार गर्दै प्रहरीले नै हत्या गरेका दावी गरेका छन् । यता, श्रीमानको कुटाइबाट घाइते भएकी बसन्ती गिरीको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ । ‘सामान्य झगडा पहिले पनि हुने गथ्र्यो’ घाइते श्रीमति बसन्तीले भनिन् ‘झगडा भएपनि श्रीमानको मुखबाट मर्छु भन्ने शब्द कहिल्यै सुनेकि थिइन, त्यसैले उहाँ आफैले आत्माहत्य गरेको जस्तो मलाई लाग्दैन ।’ १२ वर्ष अगाडि प्रेम विबाह भएको र घरमा ९ वर्षिय छोरी समेत रहेको बसन्तीले बताइन् । तनाव ग्रस्त बन्दै भिंग्री घटनालगत्तै मृतकका परिवार प्रहरी कार्यालय भिंग्री पुगि छानविनको माग गर्दै आन्दोलन थालेका छन् । अहिले स्थानियहरुले ईलाका प्रहरी कार्यालय अगाडि सडक जाम गरी भिंग्री हुदै रोल्पा आवत जावत गर्ने सवारी साधनहरु ठप्प पारेका छन् । स्थिति तनाव्रस्त भएपछि प्रहरीले दुई राउन्ड अश्रूग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ । ‘मृतक पक्षसंग प्रहरी प्रशासनको छलफल चलिरेहको छ, जिल्ला प्रहरी प्रमुख रञ्जित सिंह राठौरले भने– मृतक पक्षले राहतको कुरा अगाडि सारेको हुंदा छफफल लम्बिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप