बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जेएनयू यसै ‘जेएनयू’ बनेको होइन

शुक्रबार, २९ वैशाख २०७४, १७ : ०७
शुक्रबार, २९ वैशाख २०७४

सुशील कुमार झा, बीबीसी हिन्दी

जेएनयूको भर्ना नीति जस्तो छ, यदि त्यस्तो हुँदैनथ्यो भने म जस्ता मध्यम बर्गको परिवारको छात्र झारखण्डको जादूगोडाबाट दिल्ली पुग्न सजिलो हुने थिएन ।

भर्ना हुन्थ्यो र पाइए पनि पढाईको खर्च उठाउन सक्ने थिएन, जेएनयू जस्तो संस्था नभएको भए ।

पहिला केही तथ्यको कुरा गरौँ, त्यसपछि मूल्यको ।

– जेएनयूको स्थापना संसदको एक विद्येयकबाट भएको थियो ।

– जेएनयूमा मात्र यस्तो भर्ना नीति छ, जहाँ पिछडिएको जिल्लाबाट आउनेका लागि अतिरित्त नम्बर दिइन्छ । उदारणका लागि तपाईं, उडिसा राज्यको कालाहांडी जिल्लाबाट आएको हो भने तपाईंलाई पाँच नम्बर मिल्छ ।

– जेएनयूको यो कोशिस रहन्छ कि भारतका सबै राज्यबाट छात्र पढ्न आउन सकुन्, यद्यपि विहार र उडीसाजस्ता राज्यबाट पढ्न आउनेको संख्या धेरै हुन्छ ।

– जेएनयू सम्भवतः पुरै भारतमा सोशल साइन्स मल्टी डिसीप्लिनरी अध्ययनको एक मात्र संस्था हो ।

– जेएनयूमा अनेक विदेशी भाषामा पढाई हुन्छ । अन्डर ग्रेजुयट कोर्स विदेशी भाषामा हुन्छ, बाँकी सवै कोर्स मास्टरबाट शुरु हुन्छ ।

अब जेएनयूका मुल्य....

यस विषयमा लामो बहसको सम्भावना छ । खास गरेर कन्हैया कुमार र उमर खालिको मामला पछि ।

यसो त काँग्रेस शासन कालमा जेएनयूको स्थापना भएको थियो । नाम पनि काँग्रेसकै नेताबाट राखिएको थियो । तर, जेएनयू कहिल्यै पनि राजनीतिक रुपमा काँग्रेस रहेन ।

शुरुवाती दिनमा जेएनयूमा छात्राको झुकाव बापन्थी राजनीतितिर थियो ।

७० को दशकमा आपातकाल थियो, त्यसबेला जेएनयू सरकारी दमनको विरोधमा अगाडि आयो । यही क्याम्पसका विद्यार्थी सीताराम येचुरी र प्रकाश करातले बामपन्थी राजनीतिमा नाम कमाए ।

आपतकालसम्बन्धि एउटा बढो गजवको किस्सा छ, जब इन्दिरा गान्धीले चुनाव हारिन्, जेएनयूबाट विद्यार्थीको एक दल इन्दिरकहाँ गए र एक पर्चा पढे । पर्चामा बर्णन थियो कि इन्दिरा गान्धी प्रधानमन्त्री भएका बेला गरिएको आपतकालमा के के गल्ती भयो ।

विद्याथीको माग थियो कि, जेएनयूको कुलपतिको हैसियतमा इन्दिराले राजीनामा गरुन् । पछि इन्दिराले राजीनामा पनि दिइन् ।

आरक्षण विरोधी आन्दोलनका बेला जेएनयूमा आरक्षण विरोध र समर्थनमा आन्दोलन भयो । तर, पछि विश्वविद्यायलको छवि आरक्षण समर्थकका रुपमा बन्यो ।

छात्र चुनाव र बोल्ने स्वतन्त्रता जेएनयूको विद्यार्थी चुनाव केही बर्षदेखि आफैमा अनौठो छ । कारण, यो छ कि यहाँ चुनाव विद्यार्थी आफै गराउँछन्, यसमा कुनै पनि धाँधलीको खवर बाहिर आएको छैन् ।

क्याम्पसकै छात्र एक चुनाव समिति बनाउँछन् । त्यहीँ समिति मार्फत चुनावी प्रक्रिया पूरा गर्छन् । चुनावका बेला हर पार्टीको पुरै क्याम्पस परिसरमा जग्गा मिल्छ, जहाँ उनीहरुले आफ्नो पोस्टर बनाएर लगाउन सकून् ।

तर, यहाँ छापेर पोस्टर लगाउने चलन छैन । सवै ब्यानर पोस्टर हातले बनाएका हुन्छन् । कसैले छापेको पोस्टर लगाउँछ भने त्यसलाई नराम्रो मानिन्छ ।

पहिला छात्र चुनावमा पछि राजनीतिमा जेएनयूको बामपन्थीको केन्द्र मान्नेहरुले यो कुरा भुल्छन कि यहाँ २००१ मा भएको चुनावमा अखिल भारतीय विद्यार्थी परिषद्का संदीप महापात्रले एक भोटले जितेका थिए । उनी अहिले भारतीय जनता पार्टीका नेता छन् ।

क्याम्पसमा छात्रालाई बोल्ने अधिकार करिब करिब अक्सफोर्ड र क्याब्रिज जस्तै छ, जहाँ सरकारी नितिमाथि आलोचान गर्न पुरै छुट छ ।

सेना, राष्ट्र, राष्ट्रवाद, लोकतन्त्रको अवधारणामा स्वस्थ बहस राम्रो मानिन्छ, यहाँ छात्रलाई यस्तो बहसमा भाग लिन आमन्त्रण गरिन्छ ।

यी विषयमा जेएनयू आज भोलि पनि पर्चा छापिन्छन्, कैयौँ पटक अरुलाई आपत्तिजनक लाग्ने सामाग्री पनि छापिन्छन् ।

जेएनयूको माहौल बीजेजीका विद्यायक ज्ञान आहूजाको विवादित वयानमाथि मानिसहरु प्रायः चर्चा गर्छन् कि जेएनयूमा कन्डम फालिन्छ । बताउँ कि जेएनयू पहिलो यूनिवर्सिटी थियो, जहाँ कन्डम राख्ने मेसिन राखिएको थियो । पछि प्रयोगमा नआएको भनेर यसलाई हटाइएको थियो ।

जेएनयूमा माहौल यस्तो छ कि राती १२ बजेसम्म केटीहरु आरामसँग घुम्छन् । केटी जिस्काउने घटना विरलै छन् ।

हो, यदि यौन शोषणका घटना भए भने त्यसलाई उपचार गर्ने विधि पनि जेएनयूको आफ्नै छ ।

जीएसकैश नामको एक आयोग जेएनयू सवैभन्दा पहिला बनेको थियो, जहाँ कोही केटी यौन शोषण या जिस्काएको विषयमा उजुरी दिन सक्छन् ।

यो आयोगमा शिक्षक, छात्र र प्रशासनका व्यक्ति रहन्छन् र उजुरीको सुनुवाई गरिन्छ, दोषीलाई कारवाही गर्ने प्रावधान छ । यो आफैमा अनौठो मानिएको छ ।

जेएनयूमा केटीलाई जिस्काउने कुरा अघोषित प्रतिबन्ध छ, यही कारण अरु यूनिवर्सिटीको तुलनामा यहाँ केटीको संख्या धेरै हुन्छ ।

यूनिभर्सिटीको लोकप्रिय गंगा ढावामा राती दुई बजेसम्म केटा–केटी गंभीर विषयमा बहस गरेको देख्न सकिन्छ ।

कतिपय मानिस यो सोध्छन् कि जब बामपन्थी पुरै देशमा कमजोर भैरहेको बेला जेएनयूमा यो विचारधारको मान्ने मानिस किन बढिरहेका छन् ?

यसका कैयो जवाफ हुन सक्छन्

–पिछिडिएको इलाकाबाट आउने गरीव विद्यार्थीलाई नारा राम्रो लाग्नु स्वभाविक हो, जो गरबीका कुरा गर्छन् । उनको राजनीतिक अव्यवहारिक छ कि भन्ने कुरा विद्यार्थीलाई दुई–चार बर्षमा थाहा हुन्छ । यही कारण क्याम्पसबाट निस्केपछि उनीहरु धेरैजसो राजनीतिमा सक्रिय हुँदैनन् । –एकेडेमिक हिसावले हेर्ने हो भने पूरै विश्वको एकेडमीमा बामपन्थी विचारधाराको प्रभाव छ । अमेरिकामा बजारवादी व्यवस्थालाई लिएर एकेडेमिक लेखक धेरै छन् । पछिल्लो केही दशकमा बामपन्थी विचारधार हावी रहेको छ, जसको असर जेएनयूमा हुनु स्वभाविक हो ।

–बामपन्थी विचारधारको अर्थ जेएनयूमा व्यापक छ । चीन र रुसबाहेक बामपन्थी व्यवस्था विरोधी सोच हो । यही कारण हर विद्यार्थी कुनै नै तरिकाले बामपन्थी हुन्छ ।

अहिले सरकार किन रिसाउँछ जेएनयूसँग ?

कुनै पनि राजनीतिक दलका लागि अर्को पार्टीको विचार समाप्त पार्न चुनौतिपूर्ण काम हो ।

यो भन्नु गलत हुँदैन कि दक्षिणपन्थी मानिने भाजपाका लागि बामपन्थी विचारधारा एक चुनौति हो ।

राजधानी दिल्लमै जेएनयू बामपन्थी विचारधारको प्रतिक छ, जहाँ सवै ती कुराको आलोचना हुन्छ, जुन दक्षिणपन्थी दलका लागि पवित्र छ । जस्तै, कश्मीर, गाई, देशभक्ति, राष्ट्रवाद आदी ।

जब मोदी सरकार बन्यो त्यहीँबाट कुनै न कुनै रुपमा जेएनयू सरकार र सरकार समर्थकको निसानामा आयो ।

कश्मीरको स्वतन्तालाई लिएर भएको नारावाजी र बहस जेएनयूमा पहिला पनि हुन्थे । अरु कुनै सरकारले यसलाई महत्व दिएनन, मोदी सरकारले जस्तो ।

अव जेएनयूमा भर्ना नीतिमा परिवर्तनको प्रयास हुन थालेको छ । यसको पनि आलोचना भएको छ ।

तर, यो भन्न सकिन्छ कि आउने समयमा जेएनयूमामा दवाव बढ्नेछ । डर छ कि सवैभन्दा राम्रो मानिने यूनिवर्सिटी जेएनयू स्वतन्त्र र प्रगतिशिल रहने छैन ।

वर्तमान सरकारको कैयौँ प्रतिवेदनमा जेएनयूमा राम्रो शोध संस्थान हो । जेएनयू किताव पढ्नका लागि मात्र राम्रो होइन, बौद्धिक खुलापन अलग तरिकाले यहाँ स्थापित हुन्छ, जसले सधै दक्षिणपन्थी राजनीतिलाई चुनौति दिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप