बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कालागाउँमा स्थानीय निर्वाचन २ गतेका लागि सर्यो

शुक्रबार, २९ वैशाख २०७४, १७ : २०
शुक्रबार, २९ वैशाख २०७४
सल्यान,  बैशाख २९– सल्यानको कुमाखमालिका गाउँपालिका १ कालागाउँको निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसबाट सदस्य पदका प्रत्यासी दलबहादुर रानाको निधन भएका कारण उक्त वडामा सदस्यको निर्वाचन स्थगित गरिएका हो । कांग्रेसबाट सदस्यमा उठेका उम्मेद्वार रानाको छतबाट खसेर मृत्यु भएको थियो । स्थगित गरिएको निर्वाचन जेठ २ गते गरिने निर्वाचन कार्यालय सल्यानले जनाएको छ । २ गते नै कांग्रेसबाट मात्र उम्मेदवार मनोनयन गरिने निर्वाचन कार्यालयले जनाएको छ । छतबाट खसेर गम्भीर घाइते भएका रानाको उपचारका क्रममा भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप