बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पूर्वमिस नेपाल इभानाले कसिन् लगनगाँठो

शुक्रबार, २९ वैशाख २०७४, १७ : ३१
शुक्रबार, २९ वैशाख २०७४

काठमाडौं, बैशाख २९ – मिस नेपाल २०१५ की बिजेता इभाना मानन्धर विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रगुण राजभण्डारीसँग लगनगाँठो कसेकी हुन् । राजभण्डारीसँगको प्रेमलाई उनले बैबाहिक सम्बन्धमा परिणत गरेकी हुन् । गुपचुप बिबाह गरेकी उनले विहिवार काठमाडौंको लाजिम्पाटमा स्थित होटल र्याडिसनमा विवाह पार्टी भने भव्य दिएकी थिइन् । पार्टीमा मिस नेपालका आयोजक, पूर्व मिस नेपाल बिजेताहरु, र नजिकको साथी भाइलाई मात्र निम्त्याइएको थियो । काठमाडौं भोटेवहालकी उनी १८ प्रतिस्पर्धीलाई पछि पार्दै २०१५ को मिस नेपाल विजेता बन्दै मिस वल्र्डमा नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् । प्रगुण भने व्यापारी रहेका छन् । उनी सांग्रिला स्पिरिट प्रालि, इको इन्फिरिटी प्रालि लगायतसँग आवद्द छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप