कञ्चनपुरमा प्रेसरकुकर बम पड्कियो
शुक्रबार, २९ वैशाख २०७४, १७ : ५५
सप्तरी (कञ्चनपुर), वैशाख २९ – नापी शाखा कार्यालयमा आज अपराह्न ४ः१५ बजे प्रेसरकुकर बम विस्फोट भएको छ ।
विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारी साधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ ।
मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको बताए । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण