कालोपत्रे गरेको चारदिन नबित्दै भत्कियो
शुक्रबार, २९ वैशाख २०७४, १७ : ५९
सन्जय मिश्र
रौतहट, बैशाख २९– जिल्लाको कटहरिया स्थित कालोपत्रे गरेको चारदिन नबित्दै ठाउँ ठाउँमा भत्किन थालेपछि स्थानीयबासी ठेकेदार कम्पनी आश्रय निर्माण शेवा माथ आक्रोशित भएका छन ।
जनश्रमदानसहित करिब १० करोडको लगानिमा निर्माण हुनलगेको कटहरिया जङलसहिया सडकखन्डको कालोपत्रे चारदिन भित्तै भत्किन थालेको हो ।
मापदण्ड अनुसारको सामग्रीको प्रयोग न भएका र समुचित यन्त्रको प्रयोग न भएकाले उक्त कलोपत्रे स्तरहिन भइरहेको जनगुनासो बढेको छ ।
कालोपत्रे गर्न प्रयोग भइरहेको अलकत्रा टाढाबाट ल्याउने गरेको र पूर्ण सफाई नगरी बाटोमा बिछ्याँदा कम तपक्रमका कारणले कालोपत्रे कमजोर भइ भत्किरहेको नेपाली कांग्रेसका राकेश गिरिले बताएका छन् ।
गुणस्तरहिन कालोपत्रे निर्माण भइरहेको गुनासो बढेपछि सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर श्यामनारायण मिश्रको टोलीले बुधवार निरीक्षण गरी ठेकेदारलाई निर्देशन दिएका थिए ।
उनले निर्देशन दिएको भोलिपल्ट बिहिवारदेखि कालोपत्रे बाटो भत्किनु सुरु भएको समाजसेवी सर्फलाल गुप्ताले जानकारी दिए ।
निर्माण ब्यवसायी संघ रौतहटका अध्यक्षसमेत रहेका आश्रय निर्माण सेवाका संचालक नगर्ने साहले कटहरिया जङलसहिया सडकको टेन्डर लिएर आफैले काम नगरि पेटि कन्टेक्टर धर्मेन्द्र पटेलबाट काम गराईरहेको समेत खुलेको छ ।
निर्माण भइरहेको बाटो निरीक्षणमा जादा साहसँग पेटिकन्टेक्टमा लिएर आफुले कालोपत्रे निर्माण गराइरहेको पटेलले सर्वजनिक रुपमै बताएका थिए । तर ठेकेदार साहले त्यसो नगरी गाडीहरूको समेत बाटोछेउबाटै माटो खनेर बाटोमा पुरी लखौ रुपैया अनियमितता गरेको समाजशेवी गुप्ताले जानकारी दिए ।
कुनै पनि योजना बारे सबैको जानकारिको लागि कामको लागत, स्रोत, कामको विवरण, सामाग्री र अवधी प्रष्ट उल्लेख गरी सबैले देख्ने स्थानमा होडिङ बोर्ड राख्नुपर्ने सरकारले अनिवार्य ब्यवस्था गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण