बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

छ बालबालिकाका शव निकालियो

शुक्रबार, २९ वैशाख २०७४, १८ : १२
शुक्रबार, २९ वैशाख २०७४
नाननिङ्ग (चीन), वैशाख २९ – चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका छ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकालिएको अधिकारीले जानकारी दिएका छन् । ती बालबालिकालाई गत बुधबार पौडी खेल्नको लागि बिद्यालयबाट गुआङ्गसी जुआङ्ग सहरमा अवस्थित एक नदीमा लगिएको थियो । प्राथमिक विद्यालयका ती विद्यार्थिलाई बेइलिउ सहरमा रहेको एक विद्यालयबाट पौडी खेलाउनको लागि लगिएको थियो । उद्धारकर्ताको टोलीले बुधबार बेलुका नै दुई वटा शवको निकालेका थिए । त्यसगरी बिहीबार एक जनाको र शुक्रबार तीन जना गरी छ जनाको शव निकालेका बताइएको छ । स्थानीय सरकारले विद्यालयलाई विद्यार्थिलाई असुरक्षित नदीमा लगेको विषयमा स्पष्टिकरण सोधेको बताइएको छ । रासस÷सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप