बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उपेन्द्रले बल्ल खुलाए निर्वाचनमा जानुको कारण

शुक्रबार, २९ वैशाख २०७४, १८ : ०९
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौं, वैशाख २९– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी निर्वाचनमा जानुको कारण खुलाएका छन् । शुक्रबार रिपोटर्स क्लवमा बोल्दै उनले माटोलाई सम्झिएर आफू निर्वाचनका लागि यू–टर्न भएको बताए । यादवले आफु जन्मेको भूमिलाई सम्झिएर निर्वाचनमा युटर्न भएको पनि उल्लेख गरे । निर्वाचनमा नजाँदा किन गईनस् भन्नेहरु नै निर्वाचनमा सहभागी हुँदा पनि किन गइस् ? भन्ने प्रश्न तेर्साउने गरेको उल्लेख गर्दै उनले निर्वाचनमा सहभागी हुनुलाई पुर्ववत मुद्दा छोडेको ढंगबाट नबुझ्न आग्रह गरे । यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले स्वघोषित रुपमा संघीय गठबन्धनको संयोजक तोकेर घृणित काम गरेको टिप्पणी गरे । संघीय गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई हटाई ठाकुरले त्यसको भुमिका निर्वाह गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप