लुम्बिनी टी–२० क्रिकेट प्रतियोगिता शुरु, स्टार क्रिकेटको विजयी शुरुवात
शुक्रबार, २९ वैशाख २०७४, १८ : ४०
लुम्बिनी, वैशाख २९– युथ कोलाब्रेटी फर ग्रीन नेपालको आयोजना तथा लुम्बिनी नगरपालिकाको आर्थिक सहयोगमा पाँच दिने टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पहिलो दिनको खेलमा स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । स्टार क्रिकेट ४८ रनले विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाई एक सय ८३ रन बनाएको थियो । १ सय ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनी कासाई क्रिकेट क्लब दुई ओभरको खेल बाँकी छँदै एकसय ३७ रनमा अलआउट भयो । खेलमा बिजेता क्लबका संदीप पाण्डेय म्यान आफ द म्याच घोषित भए ।
शनिवार दुई खेल हुँदैछ । पहिलो खेल एपेक्स क्रिकेट क्लब र लुम्बिनी लायन्स क्रिकेट क्लब दोस्रो खेल खुकुरी क्रिकेट क्लब भैरहवा र वेस्टर्न एकेडेमी बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका रन्जित हलुवाईले जानकारी दिए ।
खेल उदघाटन समारोहमा लुम्बिनी नगर अधिकृत यमबहादुर कुँवर, लुम्बिनी कासाई होटेल जापानका मैनेजर बिनीस मानन्धर, समाजसेवी सजरुद्दीन मुसलमान, ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।
यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाको बालबालिका लक्षित कार्यक्रम अन्र्तगत ग्रीनयुथ आफ लुम्बिनीको आयोजनामा लुम्बिनी शैक्षिक स्रोतकेन्द्र भित्रका ६० वटा विद्यालयलाई भलिबल,फुटबल ब्याडमिन्टन, खेलकूद सामग्री समेत वितरण गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण