आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार महानगरपालिकाको अपडेटः कसको मत कति ?

बुधबार, ०३ जेठ २०७४, १९ : १४
बुधबार, ०३ जेठ २०७४
काठमाडौं – मुलुकका चार महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको अहिलेसम्म प्राप्त नतिजा अनुसार एमालेले तीन महानगर र कांग्रेसले एक महानगरमा अग्रता लिएको छ । एमालेले काठमाडौं र भरतपुर र पोखरा महानगरमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ललितपुरमा अग्रता लिएको छ । अहिलेसम्मको परिणाम अनुसार काठमाडौ महानगरमा पहिलो एमाले दोस्रो कांग्रेस र तेस्रो स्थानमा विबेकशील बनेको छ । त्यस्तै ललितपुरमा कांग्रेस पहिलो, एमाले दोस्रो बनेको छ । भरतपुरमा एमाले पहिलो र माओवादी केन्द्र दोस्र्रो स्थानमा छ भने पोखरामा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ । यसैबीच, काठमाडौ महानगरको वडानम्बर १ मा एमालेले खाता खोलेको छ । वडानम्बर १ एमाले उम्मेदवार भरतलाल श्रेष्ठ बजियी भएका छन् । उनले १ हजार ३५ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी कांग्रेसका भोला थापाले ६ सय ३२ पाएका छन् । काठमाडौ महानगरपालिका नेकपा एमाले ४३१० नेपाली कांग्रेस २४७२ माओवादी केन्द्र ४९४ साझा पार्टी १२२६ विवेकशील नेपाली १८७७ ललितपुर महानगरपालिका नेकपा एमाले ९२७८ नेपाली कांग्रेस ९४३२ माओवादी केन्द्र १३५२ साझा पार्टी ४२८१ भरतपुर महानगरपालिका नेकपा एमाले ६७३५ माओवादी केन्द्र ४९८७ राप्रपा  ५७७ पोखरा महानगरपालिका नेकपा एमाले ८८२९ नेपाली कांग्रेस ९१८६ राप्रपा १२८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप