आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

Update : ८७ स्थानीय तहको अन्तिम नतिजा : एमाले ३२, काँग्रेस ३२ र माओेवादी १९

बुधबार, ०३ जेठ २०७४, १३ : २९
बुधबार, ०३ जेठ २०७४
काठमाडौं, जेठ ३– आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७७ स्थानीय तहको अन्तिम नतिजा आएको छ । मतगणना सकिएको ८६ स्थानीय तहमा एमालेले अहिलेसम्म ३२ स्थानमा जित हात पारेको छ । यस्तै, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । काँग्रेसले भने अहिलेसम्म ३२ स्थानमा विजय हासिल गरेको छ । तेस्रो दल नेकपा माओवादी केन्द्र भने स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमै रहेको छ । हालसम्म माओवादी केन्द्र १९ स्थानमा विजयी भएको छ । तीन स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने राप्रपा १ स्थानमा विजयी भएकाे छ  । कुल निर्वाचन भएको तहः २ सय ८१ प्राप्त नतिजा ः ८६ स्थानीय तह नेकपा एमालेः ३२ विजयी नेपाली काँग्रेसः ३२ नेकपा माओवादी केन्द्रः १९ स्वतन्त्रः ३ राप्रपाः १

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप