आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४, १४ : १३
बुधबार, ०३ जेठ २०७४

पोखरा, ३ जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर गुरुङ पाँच हजार ८०७ मत ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका खुसीमान गुरुङले चार हजार ६०१ मत ल्याएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कृष्णकुमारी पौडेल दवाडी पाँच हजार ४७९ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी टेकनसुब्बा गुरुङले चार हजार ४७३ मत प्राप्त गरेका थिए ।

गाउँपालिकाको वडा नं ३ देखि ९ सम्मको पूरै समूह एमालेले जितेको छ । जसमा वडा नं– ३,४,५,६,७,८ र ९ को वडाध्यक्षमा क्रमशः सूर्यप्रसाद लम्साल, पूर्णबहादुर शाही, जुमबहादुर गुरुङ, हरिश्चन्द्र ढुङ्गाना, सोमबहादुर गुरुङ, कृष्ण दवाडी र दुर्गाबहादुर क्षेत्री निर्वाचित भएका छन् ।

वडा नं १ कौ पूरै समूह नेपाली काँग्रेसले जितेको छ । जसको वडाध्यक्षमा वीरेन्द्र गुरुङ विजयी हुनुुभएको छ । त्यस्तै वडा नं २ को वडाध्यक्षमा एमालेका विक्रम गुरुङ र महिला सदस्य र दलित सदस्यमा एमाले तथा दुई खुल्ला सदस्यमा नेपाली काँग्रेस विजयी भएको छ ।

नौ वडा रहेको यस गाउँपालिकामा १६ हजार ३०१ मतदाता रहेकामा १२ हजार ३१३ मत खसेको निर्वाचन अधिकृत गङ्गाप्रसाद पौडेलले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णुबहादुर केसीले चार हजार ४०८ मत पाउनुभएको थियो ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी खिमकुमारी गुरुङले चार हजार ४६९ मत पाएका छन् । एघार वडा भएको सो गाउँपालिकामा १५ हजार ५६९ मतदाता रहेकोमा ११ हजार ४५० मत खसेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप