आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङ खनियाबासमा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४, १८ : ०९
बुधबार, ०३ जेठ २०७४
मलेखु (धादिङ), जेठ ३ – धादिङको खनियाबास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त मत परिणामअनुसार खनियाबास गाउँपालिकामा एक हजार ६४६ मतसहित काँग्रेसका रणबहादुर तामाङ अध्यक्षमा र एक हजार ६५५ मतसहित माया तामाङ उपाध्यक्षमा विजयी हुनुभएको हो । तामाङको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का प्रदीप फ्युवाले ९७१ मत ल्याउनुभएको थियो भने उपाध्यक्षमा एमालेकै सुषमा तामाङले ९१७ मत ल्याउनुभएको थियो । छवटा वडा रहेको खनियाबासमा वडा नं १, २, ३ र ५ मा काँग्रेसका उम्मेदवार क्रमशः बुद्धि तामाङ, गणेश तामाङ, टेकबहादुर तामाङ र बुधराम तामाङ विजयी हुनुभएको छ भने वडा नं ४ मा एमालेका उम्मेदवार हरिसिंह गुरुङ विजयी हुनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप