आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्वत फलेवास नगरपालिकामा एमालेका शर्मा विजयी

बुधबार, ०३ जेठ २०७४, १८ : २७
बुधबार, ०३ जेठ २०७४
फलेवास (पर्वत), जेठ ३ –पर्वतको फलेवास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का पदमपाणि शर्मा विजयी हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतपरिणाम अनुसार शर्माले नेपाली काँग्रेसका उम्मेदवार गङ्गाधर तिवारीलाई ३४८ मतले पछि पार्दै विजयी हुनुभएको हो । शर्माले छ हजार १०३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गङ्गाधर तिवारीले पाँच हजार ७५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपप्रमुखमा एमालेकै मञ्जु अधिकारी विजयी हुनुभएको छ । उहाँले पाँच हजार ९५४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गर्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप