आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लमजुङ दूधपोखरीमा छुपीमाया विजयी

बुधबार, ०३ जेठ २०७४, १८ : ३३
बुधबार, ०३ जेठ २०७४
बेँसीसहर (लमजुङ), जेठ ३ – लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी छुपीमाया गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्र की सतीमाया तामाङलाई ६५७ मतले पछि पार्दै दुई हजार ४१३ मत ल्याएर गुरुङले जित हात पार्नुभएको हो । तामाङले एक हजार ७५६ मत ल्याउनुभएको थियो । यसैगरी उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमलप्रसाद धिताल विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर गुरुङलाई ४५० मत अन्तरले पराजित गर्दै धिताल विजयी हुनुभएको हो । धितालले दुई हजार ३७३ र गुरुङले एक हजार ९२३ मत ल्याउनुभएको थियो । दूधपोखरी गाउँपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका मानसिंह गुरुङ, २ मा काँग्रेसका गोविन्द दवाडी, ३ मा एमालेका तिलबहादुर गुरुङ र ४ मा काँग्रेसका धनप्रसाद गुरुङ, ५ मा काँग्रेसका सुरज गुरुङ र छ मा नेपाली काँग्रेसकै सीताराम गुरुङ विजयी भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप