जनमोर्चाले बाग्लुङमा कांग्रेस–माओवादी गठबन्धनलाई हरायो
बुधबार, ०३ जेठ २०७४, १९ : ०८
बाग्लुङ, जेठ ३– राष्ट्रिय जनमोर्चाको सदबाहार गढ मानिने बाग्लुङबाट पहिलो खाता खोलेको छ बाग्लुङको बरेङ गाउँपालिकामा जनमोर्चा विजयी भएको हो ।
अध्यक्ष र उपाध्यक्षसहित राष्ट्रिय जनमोर्चाले जित हात पारेको छ । कांग्रेस र माओवादी गठबन्धनको उम्मेदवारलाई हराएर जनमोर्चाले आफ्नो गढ सुरक्षित गरेको हो ।
बरेङ गाउँपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका कृष्ण पौडेल ३ हजार ३४ मत प्राप्त गरी विजयी भए । कांग्रेस– माओवादीका उम्मेदवार प्रदीप थापा मगरले २ हजार १ सय ९५ मत प्राप्त गरे ।
गाउँपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाकै डिलकुमारी पुनले २ हजार ९ सय ६४ मत प्राप्त गरी विजयी भइन् । कांग्रेसका विष्णु खत्रीले २ हजार ७४ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण