कपुरकोटमा एमालेले पञ्चेबाजा बजायो
बुधबार, ०३ जेठ २०७४, १९ : ३३
तुलसीपुर, जेठ ३– सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेबाट गााउँपालिकाको अध्यक्षमा भीमबहादुर सेन विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाई एक हजार १७ मत अन्तरले पछि पार्दै अध्यक्षमा सेन विजयी भएका हुन् ।
अध्यक्षका उम्मेदवार सेनले ३ हजार १ सय ५२ मत ल्याएका थिए भने माओवादी केन्द्रका भण्डारी २ हजार १ सय ३५ मतका साथ पराजित भएका हुन् ।
काँग्रेसका दुर्गाबहादुर गिरीले भने १ हजार ४ सय ६७ मत ल्याएका छन् । यस्तै, कपुरकोट गाउँपालिकाको उपाध्यक्षमा एमालेकै तीला बुढामगरले ३ हजार ३ सय ८० मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मतले पछि पार्दै विजयी भएकी हुन् । रानाले १ हजार ८ सय ६८ मत ल्याएकी छिन् ।
काँग्रेसकी ओकी महताराले १ हजार ६ सय ७४ मत ल्याएकी छिन् । कपुरकोट गाउँपालिकाको ६ नम्बर वडामा पनि नेकपा एमालेका हेरमबहादुर बुढाथोकी ६१८ मत ल्याएर प्यानलसहित विजयी भएका छन् ।
यस गाउँपालिकाको १ र २ नम्बर वडा माओवादी केन्द्रले, ३ नम्बर वडा काग्रेसले र ४, ५, ६ नम्बर वडामा एमालेले जीत हात पारेको छ । विजयी पश्चात एमालेले कपुरकोटमा पञ्चेबाजासहित विजयी उत्सव मनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण