दुई करोड भारुसहित १५ पक्राउ
बुधबार, ०३ जेठ २०७४, २० : ०२
काठमाडौँ, जेठ ३ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजार दरका दुई करोड १६ लाख ६१ हजार भारतीय रुपैयाँसहित मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कमला भण्डारी, दिलीपकुमार लाल, मेघबहादुर थापा, सानुराजा रञ्जित, राजकुमार गिरी, अङ्कुर अग्रवाल, दिनेश अग्रवाल, अनिलकुमार पन्साली, सुरेन्द्रकुमार साङ्घाई, सञ्जयकुमार चौधरी, नवराज गुरुङ, पृथ्वी शाह, अमी रुद्दीन, मजेन लामा र पूर्णबासी गुप्ता रहेका छन् ।
उनीहरुले झोलामा लुकाएर सेन्ट्रो कारमा ल्याउँदै गर्दा प्रहरीले फेला पारेको हो । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण