स्थानीय तहको चुनावमा एमालेको अर्धशतक पार
बुधबार, ०३ जेठ २०७४, २० : १५
काठमाडौं, जेठ ३– वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पहिलो चरणमा भएको ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्वाचनमा अहिलेसम्म नेकपा एमालेले अर्धशतक पार गरेको छ ।
तराई/मधेसका जिल्लाहरुलाई छाडेर प्रदेश ३, ४ र ६ नम्बरमा भएको निर्वाचनअन्तर्गत अहिलेसम्म १२२ स्थानको नतिजा आएको छ । त्यसमध्ये एमालेले अर्धशतक पार गर्दै ५१ स्थानीय तहमा जित हासिल गरेको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४४ स्थानमा जित हासिल गरेको छ भने संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र स्थानीय तहको चुनावमा पनि तेस्रो पोजिशनमै देखिएको छ । माओवादी केन्द्रले अहिलेसम्म २१ स्थानमा जित हासिल गरेको छ भने २२ स्थानीय तहका अग्रता कायम राखेको छ ।
यसैगरी, अहिलेसम्म स्वतन्त्र ३ तथा राप्रपा, नयाँशक्ति एक र राष्ट्रिय जनमोर्चाले एक एक स्थानमा जित हासिल गरेका छन् ।
बुधबार भएको पछिल्लो मत गणनाअनुसार नेकपा एमालेले काठमाडौंको शंखरापुर नगरपालिकासहित लम्जुङको मस्र्याङदी गाउँपालिका, सल्यानको कपुरकोट गाउँपालिका, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका म्याग्दीको धौलागिरी गाउँपालिकामा प्रमुखसहित जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण