आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ , दैलेखका छ तहको अन्तिम परिणाम

बुधबार, ०३ जेठ २०७४, २० : २५
बुधबार, ०३ जेठ २०७४
दैलेख, जेठ ३ – दैलेखका ११ वटा स्थानीय तहमध्ये छ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । टाँठीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, महावु गाउँपालिका, डुङ्ग्रेश्वर गाउँपालिका र नारायण नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । नारायण नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । नेपाली काँग्रेस डुङ्ग्रेश्वर गाउँपालिकामा विजयी भएको छ । नारायण नगरपालिकाको प्रमुखमा एमालेका रत्नबहादुर खड्का र उपप्रमुखमा सावित्रा मल्ल क्रमशः चार हजार ७२५ मत र चार हजार ८६६ मतसहित विजयी हुनुभएको हो । यस्तै, महावु गाँउपालिका एमालेका अध्यक्ष पदका उम्मेदवार जङ्गबहादुर शाही र उपाध्यक्षमा प्रेमकुमारी बुढा क्रमशः तीन हजार ५२२ र तीन हजार ८०८ मतसहित विजयी हुनुभयो । भैरवी गाउँपालिकामा पनि एमालेका प्रेमबहादुर बुढा र उपाध्यक्षमा पदम विष्ट क्रमशः तीन हजार ५८४ मत र तीन हजार ४७८ मत सहित विजयी हुनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप