काठमाडौंमा एघार स्थानमा मतगणना
बुधबार, ०३ जेठ २०७४, २० : ३३
काठमाडौं, जेठ ३ – काठमाडौँ महानगरपालिकामा ११ स्थानमा मतगणना सुरु गरिएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले मतगणना स्थलको निरीक्षणका क्रममा मतगणना तीव्र पार्न निर्देशन दिनुभएपछि ११ ठाउँमा गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
आज साँझ ६ बजेदेखि निर्वाचन कार्यालयले यस्तो कदम चालेको हो । सोमबारदेखि महानगरको मतगणना थालिए परिणाम आउनु ढिला भइरहेको छ । अहिले वडा नं २ देखि ४ सम्म र २५ देखि ३२ सम्मका वडाका मतपत्रहरुको गणना ११ ठाउँमा भइरहेको छ । महानगरको अहिलेसम्म १ वडाको मात्र नजिता सार्वजनिक भएको छ ।
महानगर प्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता कायम छ । अहिलेसम्म शाक्यले एक हजार ७७९ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार १४० मत पाउनुभएको छ ।
यस्तै, उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गी एक हजार १९१ मतसहित अगाडि हुनुहुन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण