आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विप्लब समूहका जिल्ला इन्चार्ज सहित ४ पक्राउ

बुधबार, ०३ जेठ २०७४, २० : ५३
बुधबार, ०३ जेठ २०७४
रविन्द्र काफ्ले फिदिम (पाँचथर), जेठ ३ – नेत्रविक्रमचन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचथर इन्चार्ज सहित ४ नेता/कार्यकर्तालाई प्रहरी बुधवार पक्राउ गरेको छ । ने.क.पा.का जिल्लाइन्चार्जअर्जुन आचार्य ‘सौगात’, मेचीअञ्चल व्यूरो सदस्य सकललिम्बू र पाँचथर जिल्ला सचिवालय सदस्यवीरेन्द्र मंग्रातीलाई प्रहरीले बुधवार दिँउसो फिदिमबाट पक्राउ गरेको उक्त पार्टीका जिल्ला सचिवालय सदस्यविजय नेम्वाङले वताए । उनीहरुसँगै पक्राउ परेका उक्त पार्टीको युवा संगठनका अर्का एक कार्यकर्ता नामखुल्नबाँकी छ । नेम्वाङले आफूहरु भाडामा बस्दै आएको कोठामा प्रहरीले विना कारण खानतलासी गरेको वताए । उनीहरु पक्राउ परेको पुष्टि गर्दै पाँचथर प्रहरी प्रमुख डिएसपी नकुलपोखरेलले विहीवार सबै कुरा पुष्टि गरिने वताए । प्रहरी निकट स्रोतकाअनुसार चन्दा उठाएको विषयलाई लिएर उनीहरुलाई पक्राउगरिएको हो । उक्त पार्टीले स्थानीयतहनिर्वाचनको खारेजीको मागगर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप