आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काम नटेर्ने यी उपसचिवलाई निर्वाचन आयोगले गर्यो कारबाही (प्रेस विज्ञप्ति सहित)

बुधबार, ०३ जेठ २०७४, २१ : ०७
बुधबार, ०३ जेठ २०७४
काठमाडौँ, जेठ ३ – निर्वाचन आयोगले तोकिएको जिम्मेवारी पूरा गर्न अटेर गर्ने सात कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले आयोगले दिएको नियुक्तिपत्र समेत नलिई गैरजिम्मेवार व्यवहार गरेको भन्दै सात उपसचिवलाई कारबाही गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा ती उपसचिवलाई सचेत गराई १५ दिनभित्र त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन भनिएको छ । कारवाहीमा परेका उपसचिवहरु हेर्नुस प्रेस विज्ञप्ति सहित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप