शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कपुरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

बिहीबार, ०४ जेठ २०७४, १० : ३७
बिहीबार, ०४ जेठ २०७४

सल्यान, जेठ ४–सल्यानको कपुरकोट गाउंपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कब्जा जमाएको छ । एमालेबाट भिम बहादुर सेनल निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ १०१७ मतले पछाडी पार्दै अध्यक्ष पदमा जीत दर्ता गराएका हुन् ।

एमालेका सेनले ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका हुन् भने माओवादी केन्द्रका भण्डारि २ हजार १ सय ३५ मतका साथ पराजित भएका हुन् । काग्रेसका दुर्गा बहादुर गिरीले भने १ हजार ४ सय ६७ मत ल्याएका छन् ।

इस्तै गाउंपालिकाको उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मतले पछाडी पार्दै जीतेकी हुन् । रानाले १ हजार ८ सय ६८ मत ल्याएकी छिन् । काग्रेसकी ओकी महताराले १ हजार ६ सय ७४ मत ल्याएकी छिन् ।

कपुरकोट गाउंपालिकाको ६ नम्बर वडामा पनि नेकपा एमालेका हेरम बहादुर बुढाथोकी ६१८ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । यस गापाको १ र २ नम्बर वडा माओवादी केन्द्रले, ३ नम्बर वडा काग्रेसले र ४, ५, ६ नम्बर वडामा एमालेले जीत हात पारेको छ । विजयी पश्चात एमालेले कपुरकोटमा पञ्चेबाजा सहित विजयी उत्सव मनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप