शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरमा तालमेलको हिसाव बिग्रेकै हो ? पढ्नुहोस्, काँग्रेस जिल्ला सभापतिको बयान

बिहीबार, ०४ जेठ २०७४, ११ : ०४
बिहीबार, ०४ जेठ २०७४
जेठ ४, काठमाडौं– बहुचर्चित गठबन्धन मानिएको भरतपुर महानगरपालिकामा तालमेल अनुसारको भोट नआएको चर्चा छ । विहविार विहान ११ बजेसम्मको मतगणना हेर्दा भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई ६७३५ मत आउँदा काँग्रेस–माओवादी गठबन्धनबाट मेयर उम्मेदवार रेणु दाहाललाई ४९८७ मत प्राप्त भएको छ । यहाँ गणना भएका चार वडामा तीन वटामा प्यालनसहित काँग्रेसले जित निकालेको छ । तर, मेयरमा काँग्रेस–माअ‍ोवादी गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवार भन्दा पछाडि छन् । यहीँ आधारमा गठबन्धन अनुसार मत प्रापत नभएको आकलन भैरहेको छ ।

किन चुनावी गठबन्धन अनुसार भोट आएन ? यस विषयमा चितवन काँग्रेस सभापति जितनारायण श्रेष्ठसँग रातोपाटीले कुराकानी गरेको छ । यस्तो छ, काँग्रेस सभापतिको भनाई

अहिलेसम्म चार वटा वडाको मत गणना सकिएको छ । तीन वटामा काँग्रेस प्यानलसहित बिजय भएको छ । एउटा वडा एमालेको पोल्टामा गएको छ । ५ वडाको मतगणना जारी छ । त्यहाँ पनि काँग्रेसले जित्छ । चितवन काँग्रेसको बलियो संगठकन भएको ठाँउ हो । हामीबीच वडाहरुमा तालमेल भएन । त्यसको असर मेयर–उपमेयरको तालमेलमा देखियो । अहिले मेयरलाई आएको धेरै भोट काँग्रेसकै हुन् । माओवादीको त्यति राम्रो संगठन छैन, मतगणना भएका वडाहरुमा । चार नम्वर क्षेत्र काँग्रेसको पकड क्षेत्र हो । हामीले त्यहाँबाट मेयर–उपमेयरमा लिड गर्छौँ । केही वडाहरुमा माअ‍ोवादीको पनि प्रभाव राम्रो छ । अहिले जति मत गणना भएका छन्, त्यसलाई आधार मानेर हामी पछाडि परेको हो भन्न मिल्दैन । गठबन्धन अनुसार शतप्रतिशत भोटिङ त भएको छैन । तर, पनि काँग्रेसको धेरै भोट गठबन्धकै उम्मेदवारलाई नै छ । जे जति वडा र क्षेत्रमा मत गणना वाँकी छ, त्यसका आधारमा मलार्ई चुनाव गठबन्धकै पक्षमा आउँछ भन्ने विश्वास छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप