शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रुकुमका ७३ मध्ये ५८ वडामा माओवादी विजयी

बिहीबार, ०४ जेठ २०७४, ११ : ०६
बिहीबार, ०४ जेठ २०७४

रुकुम, जेठ ४ – माओवादीको पकड जिल्ला रूकुममा भएको स्थानीय तह निर्वाचनमा सबैमा माओवादी केन्द्रले जितेको छ । पहिलो चरणमा निर्वाचन भएका रूकुमका ६ वटा स्थानीय तहका सबै मेयर र गाउपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेको हो । तीन नगरपालिका र ३ गाउँपालिकामा भएको निर्वाचनमा ७३ वटा वडामध्ये ५८ वटा वडामा पनि माओवादीले जितेको छ ।

१३ वटामा नेपाली कांग्रेस र दुई वटामा नेकपा एमालेले जित हासिल गरेको छ । यस्तै सबै स्थानीय तहमा कांग्रेसका उम्मेद्वार प्रतिश्पर्धी बने । ऊर्जा मन्त्री जनार्दन शर्माको गृह जिल्ला रूकुममा यसअघि भएको दुबै संसदीय निर्वाचनमा माओवादीले दुबै क्षेत्रमा जित हात पारेको थियो । पछिल्लो परिणाम अनुसार आठबिसकोट नगरपालिकामा माओवादीका गोर्खबहादुर केसीले ५६२९ मतसहित विजयी भएका हुन् । उनले नेपाली काग्रेसका धिरेन्द्र बटालालाई २०३४ मतले हराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप