किन भयो तालमेलमा जहाँत्यहीँ धोकैधोका ?
जेठ ४, काठमाडौं– प्रमुख दलहरुबीच भएका तालमेल अनुसार गठबन्धनका उम्मेदवारलाई मत परेको देखिएको छैन । धेरै चासोको साथ हेरिएका महानगरपालिकाहरुमा पनि तालमेल अनुसारको मत उम्मेदवारले पाएका छैनन् । काठमाडौं, भरतपुर, पोखरा र ललितपुर महानगरपालिकामा भएका तालमेलमा स्वभाविक मत आएको छैन ।
काठमाडौंमा एमाले र राप्रपाको तालमेल थियो । काठमाडौंको मेयरमा एमाले उम्मेदवार समर्थन गरेर तालमेल गरेको राप्रपाले उपमेयरमा आफ्नो उम्मेदवारी अगाडि सारेको थियो । एमालेका तर्फबाट मेयरमा उम्मेदवार विद्यासुन्दर शाक्यलाई ५२४८ मत आउँदा राप्रपा उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठलाई ३०७१ मत परेको छ । दुई हजार भन्दा बढी मतको फरक देखिएको छ । यो विहान १० बजेसम्मको तथ्याङक हो । उपमेयरमा काग्रेस एमाले–राप्रपा उम्मेदवार भन्दा अगाडि छन् ।
यस्तै ललितपुरमा पनि एमाले र राप्रपाको तालमेल थियो । एमालेका हरिकृष्ण ब्यञ्यनकारले ९८८१ मत ल्याउँदा राप्रपाका उपमेयर बाबुबाजी प्रधानले २७४३ मत मात्र पाएका छन् । अर्थात मेयर भन्दा ६ हजार मत पछाडि छन् । ललितपुरमा एमालेका धेरै कार्यकर्ताले उम्मेदवार नै नरहेको मेयरमा सूर्य चिन्हमा मत हालेका छन् । अर्थात यहाँ गठबन्धन अनुसार मत खसेन ।
भरतपुर र पोखरामा पनि तालमेल अनुसारको मत देखिएको छैन । विहविार विहान ११ बजेसम्मको मतगणना हेर्दा भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई ६७३५ मत आउँदा काँग्रेस–माओवादी गठबन्धनबाट मेयर उम्मेदवार रेणु दाहाललाई ४९८७ मत प्राप्त भएको छ । यहाँ गणना भएका चार वडामा तीन वटामा प्यालनसहित काँग्रेसले जित निकालेको छ । तर, मेयरमा काँग्रेस–माअोवादी गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवार भन्दा पछाडि छन् । यहीँ आधारमा गठबन्धन अनुसार मत प्रापत नभएको आकलन भैरहेको छ ।
उता पोखरा महानगरपालिकामा पनि काँग्रेस–माओवादीबीच तालमेल भएको थियो । यहाँ पनि तालमेलको असर देखिएको छैन ।
यसहबाहेक मध्यपुर ठिमीमा एमाले र नेमकिपाको तालमेल थियो । यहाँ पनि तालमेल अनुसार मत खसेको छैन ।
तनहुँको व्यास नगरपालिकामा एमाले र माआवादी तालमेल अनुसार मत आएको छैन् । बेनी नगरपालिकामा पनि तालमेल अनुसारको नतिजा आएन । हेटौडा उपमहानगरपालिकामा काँग्रेस र माओवादी तालमेल थियो । तर, मेयर र उपमेयरमा त्यहीँ अनुसारको भोट आएको देखिएन ।
भीमेश्वर नगरपालिका दोलखामा पनि काँग्रेस र माओवादी गठबन्धन अनुसार भोट आएको देखिएन । मध्यनेपाल नगरपालिका लमजुङमा एमाले र माअोवादी गठबन्धन भयो । मेयर एमालेले जित्यो, उपमेयरमा माओवादीले हार्यो । गोरखाको घार्चेमा नयाँ शक्ति र एमालेको गठबन्धन थियो । तर, त्यहाँ पनि तालमेल अनुसार भोट आएन । हुम्लाको ताजाकोट, सल्यानको दार्मामा पनि तालमेल अनुसार मत परेको देखिएन ।
राजनीतिक विश्लेशकहरु स्थानीय चुनावको मुखमै बनेका तालमेल प्रभावकारी हुन नसकेको ठान्छन् । उनीहरुका अनुसार यसका लागि केही समय आबश्यक हुन्छ । तर, अन्तिम समयमा तालमेल गर्दा कार्यकर्तालाई बुझाउन नसकिएको उनीहरु ठान्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण