सुनको भाउ एकै दिन तोलामा एक हजार बढ्यो
बिहीबार, ०४ जेठ २०७४, ११ : ४३
काठमाडौं, जेठ ४–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । गत साताभर स्थिर रहेको सुनको भाउ यो साता सुरु भएपछि क्रमश उकालो लाग्न थालेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रतितोला ५४ हजार ७ सय रुपैयाँ छ । अघिल्लो दिन सुनको भाउ तोलाको ५३ हजार ७ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली वजारमा पनि गत साता सुनको भाउ घटेको थियो ।
तर, अहिले अन्तर्राष्ट्रिय बजारमा क्रमश सुनको भाउमा वृद्धि हुदै गएकाले नेपाली वजारमा समेत भाउ वढेको व्यवसायीले वताएका छन् ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वढेको छ । अघिल्लो दिन तोलाको ७ सय ५० रुपैयाँ रहेको सुनको भाउ आज ७ सय ५५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण