स्थानीय चुनावको परिणामप्रति यस्तो आयो कांग्रेसको प्रतिक्रिया
काठमाडौ, जेठ ४ – नेपाली कांग्रेसले पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ । विहिबार नेपाली कांग्रेसका पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहको चुनावी समिक्षा बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढिभन्दा बढि परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै केन्द्रीय सदस्य महेश आचार्यले पहिलो चरणको परिणाम सोचेभन्दा फरक आएको बताएका हुन् । नेता आचार्यले भने ‘अहिले मिश्रित चुनावी नतिजा आएको छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन । यद्यपि, अन्तिम परिणाम आउन बाँकी छ ।’ बैठकमा अहिलेको परिणामको समीक्षा भएको र आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय भएको नेता आचार्यले बताए । आचार्यले भने ‘अब संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भयो ।’ पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण