संसदको चालू अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं, जेठ ४–सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । जेठ १५ गते बजेट सार्वजनिक गर्ने तयारीमा रहेको सरकारले हिउँदे अधिवेशन विधिवत रुपमा अन्त्य गर्ने निर्णय गरेको हो । संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । बैठकले थरुहट मधेश आन्दोलनका क्रममा झुटो मुद्दा लागेकाहरुलाई मुद्धा फिर्ता लिन गृह मन्त्रालयको परामर्शमा प्रस्ताव तयार पार्न कानुन मन्त्रालयलाई निर्देशन पनि दिएको छ । मन्त्री परिषद बैठकले दोलखाको जुंगु घटनामा परी निधन भएका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्ने र पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीचका झडपमा परी गम्भिर घाइते भएका तामाङको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै गत बैशाख २६ गते निधन भएको थियो । चुनावी प्रचार प्रचारको क्रममा झडपमा परी निधन भएका तामाङलाई सहिद घोषणा गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । सरकारले तामाङका छोराछोरीलाई निःशुल्क शिक्षा दिने व्यवस्था पनि गरेको छ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी प्रसाद बराललाई नियुक्त गरेको छ । त् यसैगरी चुरे तराई मधेशको संरक्षण तथा व्यवस्थापनका लागि प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवद्र्धन, वन क्षेत्र बाहिर वन विकास र नविकरणीय उर्जा प्रवद्र्धन, प्राकृतिक तथा जलवायु परिवर्तनका कारण हुने जोखिम न्यूनिकरण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण