माओवादीको रातो टिर्सटमा भेटिइन् तरकारीवाली (फोटोफिचर)
बिहीबार, ०४ जेठ २०७४, १३ : ३४
काठमाडौं, जेठ ४– तरकारीवाली नामले परिचित गोरखा गण्डकी गाउँपालिकास्थित भूम्लीचोककी कुसुम श्रेष्ठ फेरि चर्चामा आएकी छिन् ।
केहि पहिले तरकारी बोकेर बजार जाँदै गरेको फोटो सामाजिक सञ्जालमार्फत भाइरल भएसँगै एकाएक चर्चामा आएकी उनी पछिल्लो समय भने गुमनाम थिइन् । तर, स्थानीय चुनावमा माओवादी केन्द्रको प्रचारमा उनी जुटेको भेटिएकी छन् । उनको पारिवारिक पृष्ठभूमि माओवादी भएको र चुनाव अवधिमा उनी माओवादीको रातो टिर्सट र हसिया हथौडाको झण्डा बोकेर खटिएको स्थानीय देवराज गुरुङले जानकारी दिए । सो गाउँपालिकामा कांग्रेस विजयी भएपनि कुसुमको बडामा भने माओवादी उम्मेदवार जीवन गुरुङ बडा अध्यक्षमा विजयी भएका छन् । तस्बिर : कमल गुरूङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण