शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दैलेखका ११ मध्ये ७ मा एमाले र ४ मा कांग्रेस विजयी

बिहीबार, ०४ जेठ २०७४, १३ : ३६
बिहीबार, ०४ जेठ २०७४
दैलेख, जेठ ४ –गत आइतबार भएको स्थानीय तहको निर्वाचनमा दैलेखका ११ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । चार नगरपालिका र ७ वटा गाउँपालिका रहेको दैलेखमा तीन नगरपालिकासहित चार गाउँपालिकामा एमालेले जित हासिल गरेको छ भने एक नगरपालिका र तीन गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । एमालेले नारायण नगरपालिका, आठविस नगरपालिका र चामुण्डाविन्दासैनी नगरपालिका तथा भैरवी, भगवती, महाबु र ठाँटिकाध गाउँपालिका जितेको छ । त्यस्तै नेपाली कांग्रेसले दुल्लु नगरपालिकासहित नौमुले, डुङगेश्वर र गुराँश गाउपालिका जितेको छ । हेर्नुस् कसले कति मत ल्याए ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप