शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न पहल

बिहीबार, ०४ जेठ २०७४, १३ : ५७
बिहीबार, ०४ जेठ २०७४

काठमाडौं, जेठ ४–चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न चलचित्र क्षेत्रमा आवद्ध व्यवसायीले पहल सुरु गरेका छन् । उद्योग मन्त्री नविन्द्रराज जोशी र मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालालाई भेटेर व्यवसायीले सो पहल गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा व्यवसायीले यस्तो पहल थालेका हुन् ।

महासंघको हालै सम्पन्न ५१ औं साधारणसभावाट निर्वाचित नयाँ कार्यसमितिका सदस्यले उद्योग मन्त्री र सचिवलाई भेटेका हुन् । चलचित्र क्षेत्रको तर्फवाट महासंघमा निर्वाचित भएका निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वस्तुगततर्फका सदस्य उमेशलाल श्रेष्ठ, कमला श्रेष्ठ लगायतले मन्त्री र सचिवलाई भेटेर यस्तो पहल गरेका हुन् । महासंघमा निर्वाचित भएपछि आकाश अधिकारी लगायतले चलचित्र क्षेत्रलाई पनि उद्योगका रुपमा विकास गर्न पहल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप